पावर बैङ्क किन्नुअगाडी ध्यान दिनुपर्ने कुरा

हाम्रो स्मार्टफोन र ट्याब्लेटको ब्याट्री अकस्मात सकिने समस्या हामीले धेरैपटक भोगेका हुन्छौं । यस्तो अवश्थामा घर पुगेर चार्ज गर्नुबाहेक अर्को विकल्प हामीसंग बाँकी रहँदैन ।
यस्तो अवश्थामा हामीलाई पावर बैङ्कको नाम याद आउँछ । यहाँ म तपाइँहरूलाई तपाइँहरूको आवश्यकता अनुसार पावर बैङ्क खरिद गर्दा ध्यान दिनुपर्ने कुरा र कुन पावर बैङ्क खरिद गर्ने भन्ने कुरा बताउन गइरहेको छु ।

पावर बैंकको क्षमता

हिजोआज धेरैजसो स्मार्टफोनमा 3000 mAh ब्याट्री राखिएको हुन्छ । यस्तो अवश्थामा हामीले यो कुरा ध्यान दिनुपर्छ कि पावर बैङ्कको व्याट्रीको क्षमता जति धेरै हुन्छ हामीले त्यति नै धेरै हाम्रो फो
न चार्ज गर्न सक्छौ । तपाइँको फोनमा 3000 mAh को ब्याट्री छ र तपाइँ 5000 mAh को पावर बैङ्क खरिद गर्ने सोचमा हुनुहुन्छ भने यसले तपाइँको फोन केवल २ पटक मात्र चार्ज गर्न सक्छ । त्यसैगरी  10000mAh को पावर बैङ्कले तपाइँ आफ्नो फोन ३ देखि ४ पटकसम्म चार्ज गर्न सक्नुहुन्छ ।

यसकारण पावर बैङ्कको पोर्ट आवश्यक

हामीसंग भएका विभिन्न डिभाइसको पनि ब्याट्री सकिने समस्या हुन्छ । यदि तपाइँ साथमा ट्याबलेट र क्यामरा पनि लिएर हिँड्नुहुन्छ भने यि डिभाइसहरूलाई पनि चार्ज गर्नुपर्ने हुन्छ । यसकारण पावर बैङ्क खरिद गर्दा कम्तिमा पनि २ वटा पोर्ट भएको पावर बैङ्क खरिद गर्नुपर्छ ।

पावर बैङ्कको उत्पादक कम्पनी

तपाइँले कुन कम्पनीको पावर बैङ्क किन्दै हुनुहुन्छ भन्ने कुरा धेरै महत्त्वपूर्ण हुन्छ । बजारमा धेरैथरी कम्पनीका पावर बैङ्क प्रचलनमा रहेका छन् तर ख्याती नभएका कम्पनीको पावर बैङ्क खरिद गरियो भने जतिसुकै क्षमताको भए पनि त्यसले हामीलाई निराश बनाउँछ ।

पावर बैङ्कको ब्याट्री

पावर बैङ्कमा दुइखाले ब्याट्रीहरू हुने गर्छन् । एक लिथियम आयन अर्को लिथियम पोलीमर । यी दुइमध्ये तपाइँले लिथियम पोलिमरवाला ब्याट्री भएको पावर बैङ्क खरिद गर्नुपर्छ । किनकी यो ब्याट्री ज्यादा समयसम्म चल्छ ।
-- नइदुनियाँको सहयोगमा

Comments

Popular posts from this blog